नियम ४५
नक्कलको लागि निवेदन दिनु पर्ने
(१) नियम ४४ को अधीनमा रही मिसिलमा रहेको कुनै कागजपत्रको नक्कल सार्न चाहने सरोकारवाला व्यक्तिले प्राड विवाकको कार्यालयमा अनुसूची–१० बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ ।
(२) प्राड विवाकको कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदन रीतपुर्वकको छ छैन र नक्कल लिन चाहने व्यक्ति सरोकारवाला हो होइन जाँच गरी नक्कल प्रमाणित गरी नक्कल दिनु पर्नेछ ।